Opening Hours: Sun-Fri : 7 AM–11 AM, 3 PM–7 PM, Sat : 7 AM–10 AM

nhflalitpur@gmail.com, info@nhflalitpur.org.np

5434226 (Clinic), 5448115 (Office)

म सधै व्यायाम गर्छु ..... अब कस्तो व्यायाम गर्ने (I always do exercise ... What

Home Article
article

Dr. Anuj Kumar Jha

Physiotherapist cum Acupuncturist

म सधै  व्यायाम गर्छु …….   अब कस्तो व्यायाम गर्ने ?   


मेरो दशक भन्दा बढ़ीको फिजियोथेरापी चिकित्सा पद्धतीको अभ्यासमा बिरामीहरुसँग भए गरेका अनुभवका आधारमा सूजना भएका केही प्रश्नहरु तथा उत्तर दिने मेरो प्रयासः

अरु चिकित्सा पद्धती जस्तै फिजियोथेरापी चिकित्सा पद्यत्तीमा पनि विरामीसँ गको परामर्श, रगत परिक्षण, एक्स-रे तथा MRI जस्ता जांचहरुमा आधारित  रिपोर्ट अनुसार रोगको निदान पश्चात् विरामीहरुको उपचार गर्ने क्रममा केहि मेसिनहरुको प्रयोग सँंगै विभिन्न व्यायामहरु गराइन्छ तथा सिकाइन्छ। यसै क्रममा जब म "फिजियोथेरापिष्ट" द्वारा बिरामीहरुलाई भन्ने गरिन्छ- "तपाईको समस्या यस्तो प्रकारको छ र तपाइले फिजियोथेरापी उपचार अन्तर्गत विभिन्न मेसिनहरूको प्रयोग गर्नुका साथै केहि व्यायामहरू गर्नु पर्ने हुन्छ" ततपश्चात बिरामीहरुको उत्तर हुन्छ - "म त जति पनि व्यायाम  गर्छु, “अब ‘किन/के’ व्यायाम गर्ने ?" फेरि मेरो प्रश्न हुन्छ- "के व्यायाम गर्न् हन्छ ?" विभिन्न विरामीहरुको फरक फरक उत्तर निम्न लिखित हुन्छ :-

     म १० कि. मी (३-४ घण्टा) Walking  गर्छु

    म (Housewife) त विहान देखि बेलुकासम्म घरको कामकाज  गर्छु  ।

     मं प्रत्येक दिन १ घण्टासम्म Badminton खेल्छु ।

     Dance/Zumba  गर्छु

     Cycling/Swimming  गर्छु

     मं हरेक हप्ता Hiking  गर्छु

     में प्रत्येक दिन आधा घण्टा हिंडेर Office जान्छु र फर्किन्छु  ।

    मं Gym मा व्यायाम  गर्छु

    Yoga गर्छु

     रामदेव बाबाको Exercise  गर्छु  ।

     Google/Youtube/TV बाट Exrecise गर्छु  ।

     म दिन-दिनै घुमी-घुमी ठैलामा तरकारी बेच्न जान्छु ।

    म सधैं डोकोमा घाँस, दाउरा, तरकारी तथा अन्य सामान  ओसार्ने गर्छु  ।

    मैले ४ लाखमा Korean Machine किनेको हो,  त्यसैमा थेरापी  गर्छु

    म खेती किसानी गर्छु,  - संधै  कुटो कोदालोको काम  गरिरहन्छु , यो पनि त Exercise हो ।

    नगरपालिकाले हाम्रो टोलमा केहि व्यायाम गरने साधनहरु राखेको हो, त्यसैमा संधे व्यायाम  गर्छु

    म Marketing सम्बन्धी काममा दिन भरी नै हिंडिरहन्छ, यो पनि त व्यायाम हो, अब के-कस्ता व्यायाम  गर्नु पर्ने ?

 

अतः माथिका यी उत्तरहरुवाट यो प्रष्ट हुन्छ कि विरामीहरुको यस्तो धारणा छ कि, माथिका  क्रियाकलापहरु गर्दा कनै पनि दखाई  हुने नपर्ने वा दुखाई भएमा निको पार्ने व्यायामहरु (Physiotherapeutic/Specific Exercise) त हुन्।


तर माथिका यि कृयाकलापहरु मध्ये Walking, Zumba, Dancing, Swimming, Cycling जस्ता कृयाकलापहरु साधारणतया निरोगी व्यक्तिहरुको  मुटु -फोक्सो स्वस्थ्य राख्न तथा सम्पूर्ण शरिरको रक्तसञ्चारलाई नियमित रुपले व्यवस्थित (General Well Being) राख्नको लागि महत्वपूर्ण भुमिका  निर्वाह  गर्दछ। तर घुँडा दुखाई, कुकुचा दुखाई, कम्मर दुखाई, साइटिका, ढाड-कम्मरमा नसा च्यापिएको तथा गभांवस्था जस्ता विशेष अवस्थामा यी कृयाकलापहरु गर्नु उपयुक्त नहुन सक्छ। यी विशेष अवस्थामा Walking,  Running, Zumba, Dancing जस्ता व्यायामहुरु ले गदां अवश्य  नै दुखाई झन-झन बढ्न  सक्छ तर Cyclig तथा Swimming जस्ता व्यायामहरुले दखाई बढ़ुन दिदैन तथा मुट्-फोक्सो र रक्त सञ्चारलाई व्यवस्थीत (General Well Being) राख्न महत्वपूर्ण भुमिका खेल्दछ। कुनै पनि दुखाई तथा गभांवस्था जस्ता विशेष अवस्था, General Well Being लाई व्यवस्थीत राख्नको लागि Swimming सर्वोत्कृष्ट व्यायाम हो तर यी विशेष अवस्थामा दुखाई कम /निको पार्नको लागि विशेष किसिमको व्यायाम विशेषज्ञ Physiotherapist) को निर्देशन निगरानीमा गर्न् पन्ने आवश्यक हुन्छ।


Gym मा गरिने व्यायामहरुको पनि आफनै किशिमको फाइदा हुन्छ। खास गरी Weight Lifting व्यायामहरु शरीरमा हुने दुखाईको वेला उपयुक्त न  हुन  सक्छ, तसर्थ मेडिकल वा फिजियोथेरापिष्टको सल्लाह अनुसार मात्र व्यायाम गर्नु उपयुक्त हुन्छ।


Yoga  को  विषय मा भन्न् पदां शरिरको संरचना तथा कार्य (Anatomy & Physiology) को राम्रो ज्ञान नभएका तथा मठ-मन्दिर, पोखरी नदि किनारमा सञ्चालन गरिएको ५-६ दिनको योगा शिविरमा" केही मात्र अनुभव गरेका योगा गुरुको निर्देशन निगरानीमा एवं Google/ Youtube/TV हेरेर  गरेको योगाले नकारात्मक असर मात्र  पुर्याउँछ । तसर्थ राम्रो तथा स्तरिय योगा गर्नको लागि राम्रो शिक्षण प्रशिक्षण पाएका  गुरुज्युहरु,  जससँंग शरिरको संरचना- कार्य (Anatomy & Physiology) सम्बन्धि केही मात्रामा भए पनि विश्वस्त रुपमा जानकारी भएका तथा X-Ray, MRI सम्बन्धि पनि साधारण जानकारी हुन् आवश्यक हुन्छ।


म, फिजियो थेरापिष्ट, प्रत्यक्ष रुपमा उपस्थित भई बिरामीहरुलाई पटक-पटक व्यायाम सिकाउँदा पनि व्यायाम सिक्न सकिरहेको हुँदैन तर व्यायाम सिकाउने गुरुको अनुपस्थिति मा  Google/Youtube/TV बाट कसरी व्यायाम सिकेर दुखाई निको पार्न सकिन्छ  होला  ? "गुरु विना ज्ञान प्राप्त गर्न् सजिलो हुने भए, स्कूल / कलेज किन  जानु पर्ने होला ?" त्यस्तै हिडेर Office जानु-आउनु, किसानहरु  कुटो-कोदालोको प्रयोग गर्नु, डोकोमा घाँस-दाउरा बोक्नु, ठेला चलाउनु, खुल्ला मैदानमा राखेका यन्त्र प्रयोग गर्नु, पेशागत कारणले  धेरै  हिंड्नु, आदि कयाकलापहरु रोग विशेष व्यायाम नभई, पेशागत कार्य (व्यायाम)  मात्रै हुन् ।

यद्यपी हरेक व्यायामहरुमा हात खुट्टा ने चलाउने-हल्लाउने गरिन्छु तर  उद्द्येश्य र गर्ने तरिका अन्सार व्यायामहरु विभिन्न प्रकारका निम्न खिलित छन् :-

     Pain Relieving Exercises

     Cardio-Pulmonary Exercises

     Aerobics

     Stretching Exercises

     Strengthening Exercises

     Yoga

     Endurance Exercises

     Circuit Training

     Weight Loss/Gain Training/Exercises

     Balance & Equilibrium Exercises

     Gait Training

     Crutch/stick / Whee-Chair Training

     Exercise for Sprinter/Marathon Runners

     Weight Lifting/Body Building Exercises

     Occupational Exercises

     Exercises for Nerve Injury

     Exercises based on medical/physical ailments eg heart disease, diabetes, etc.

     Exercises based on Pediatric Physical Conditions (Cerebral Palsy, Erb's Paralysis)

     Exercises based on Geriatric conditions (Parkinson, Balance & Equilibrium)

     Exercises based on Pregnancy

     Different Exercise for different sports /Athletics Players.

अतः साधारण किसिमको व्यायाम (Exercise for General Well Being) र विशेष किसिमको व्यायाम (Specific/Physiotherapeutic Exercises) हरुको सिद्धान्त,उद्देश्य र गने तरिका फरक-फरक भएकों हुनाले मेरो अनुरोध यो हो कि, साधारण व्यायाम हज्रहरुले जस्तो गरे पनि विशेष (रोग / द्खाई) अवस्थामा फिजियोथेरापिष्टको सल्लाह, सुझाव, निर्देशन, निगरानी मा  मात्र विशेष किसिमको व्यायाम गर्नु होला । धन्यवाद !

More Articles
article
प्रा. डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ
हृदयघात (HEART ATTACK)

हृदयघात (HEART ATTACK)

article
प्रा. डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ
उच्च रक्तचाप (Hypertension)

उच्च रक्तचाप (Hypertension

article
प्रा. डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ
बाथज्वरो र बाथ-मुटुको रोग (Rheumatic Fever & Rheumatic Heart Disease)

बाथज्वरो र बाथ-मुटुको रोग (Rheumatic Fever & Rheumatic Heart Disease)

article
Dr. Anuj Kumar Jha
Physiotherapist cum Acupuncturist
Chest Physiotherapy

Chest Physiotherapy

Get In Touch

(Near St. Mary's School) Pulchowk, Lalitpur

nhflalitpur@gmail.com, info@nhflalitpur.org.np

5434226 (Clinic), 5448115 (Office)

Follow Us

© NHFL All Rights Reserved.

Designed by EEE Innovation